सावित्रालाई पछि पार्दै रेश्माले जितिन पिपुल्स च्वाइस अवार्ड

307
  •  
  •  
  •  

काठमाडौं—पल्सर स्पोर्टस अवार्ड २०७५ को पिपुल्स च्वाइस  अवार्डबाट भलिबल खेलाडि रेश्मा भण्डारी सम्मानित भएकी छिन् ।

राजधानीमा मंगलबार एक कार्यक्रमका विच रेश्मालाई विजयी घोषित गरिएको हो । रेश्माले आफ्नो प्रतिस्पर्धी फुटबल खेलाडी सावित्रा भण्डारीलाई पछाडि पार्दै विजयी हुन सफल भएकी हुन् ।

विजयी भएकी रेश्माले ३२.९२ प्रतिशत भोट पाएकी थिइन भने दोस्रो भएकी सावित्राले २९.९३ प्रतिशत प्राप्त गरेकी छिन् । यस्तै क्रिकेटर सन्दीप लामिछानेले ८.४१ प्रतिशत मात्र भोट पाएका छन् ।

यस उपाधि मनोनयनमा फुटबलकी सावित्रा भण्डारी, ब्याडमिन्टनका प्रिन्स दाहाल, शारीरिक सुगठनका महेश्वर महर्जन र क्रिकेटका सन्दीप लामिछाने रहेका थिए ।


  •  
  •  
  •