महान् फुटबलर पेलेको स्वास्थ्यमा सुधार

192
  •  
  •  
  •  

Brasil-peleकाठमाडौ, १२ मंसिर(एजेन्सी) : ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्यमा सुधार आएको छ । अस्पताल स्रोतलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्मयहरुले लेखेका छन्, ‘उनको स्वास्थ्य अवस्थामा सुधार आएको छ, उनी केही दिनमा नै अस्पतालबाट निस्किनेछन् ।’

उनलाई तीन पहिले पिसाब सम्बन्धी समस्याका कारण अस्पताल भर्ना गरिएको थियो । अस्पतालले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उनी अब ठिक छन् । उनलाई भेट्न निकै धेरै मानिस आएका थिए, जसले उनलाई थप प्रभावित बनाउन सक्थ्यो, त्यसैले हामीले उनलाई आईसियुमा राखेर उपचार गरेका हौ । उनी केही दिनमा नै अस्पतालबाट निस्किने छन् ।’

यसभन्दा अगाडि सञ्चारमाध्मयहरूमा पेलेको अवस्था खराब भएको समाचारहरू प्रकाशित भएका थिए ।


  •  
  •  
  •