घरबाहिर निस्किन ‘संकोच’ मान्छन् पेले

101
  •  
  •  
  •  

एजेन्सी । ब्राजिलका महान् फुटबल खेलाडी पेले आजभोली बिनासहारा हिँडडुल गर्न नसक्ने स्थितिमा पुगेका उनका छोराले बताएका छन् ।

तीनपटक विश्वकप फुटबलको उपाधि जितेका पेलेको स्वास्थ्य अवस्था हाल कमजोर छ । छोरा एडिन्योका अनुसार हिजोआज पेले घरबाहिर निस्किन पनि संकोच मान्छन् ।

पेलेलाई गत वर्ष मूत्रनलीमा संक्रमण भएपछि अस्पताल लगिएको थियो । ६९ वर्षीय पेलेलाई केही समययता कम्मरमा समस्या देखिएको छ । उनलाई हिँडडुल गर्न फ्रेमको सहारा आवश्यक पर्छ । केही समययता सार्वजनिक समारोह सहभागी हुन जान उनले ह्वीलचेयर प्रयोग गर्ने गरेका छन् ।

छोरा एडिन्योले टीभी ग्लोबोसँग भनेका छन्, ‘उहाँ अचेल एकान्तप्रेमी अनि बाहिर निस्किँदा आफ्नो अवस्थाका कारण लजाउने हुनुभएको छ ।’ आफ्नो २१ वर्ष लामो फुटबल जीवनका क्रममा पेलेले १,३६३ खेलमा १,२८१ गोल गरेर विश्व कीर्तिमान बनाएका थिए ।


  •  
  •  
  •