कोइराला–दाहालबीच भेटवार्ता

36
  •  
  •  
  •  

काठमाडौं १० भदौ ।
प्रधानमन्त्री सुशील कोइराला र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार साँझ भेटवार्ता भएको छ। भेटका क्रममा संविधान निर्माण तथा राजनीतिक गतिरोध अन्त्य गर्नेबारेमा छलफल भएको थियो।

‘चार बुँदे सहमति उल्लंघन गर्ने काम कांग्रेस एमालेले गरेपछि संविधान निर्माण प्रक्रिया ओझेलमा पर्ने देखिएको छ भन्ने कुरा अध्यक्षले राख्नुभयो,’ दाहालका प्रमुख सचिव चुडामणि खड्काले भने। खड्काले दाहालको भनाइ उद्धृत गरे, ‘उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व मागेर प्रचण्ड संविधान लेखनको प्रक्रियाबाट टाढिन खोजेको सन्देश जुन दिन खोजिएको छ, त्यो षडयन्त्रमूलक छ।’
चार बुँदे सहमति कार्यान्वयनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व आफूले पाउनुपर्ने दाहालले दाबी गरेपछि समस्या देखिएको कांग्रेस एमाले नेताहरूले बताउँदै आएका छन्। सोही कारण आइतबार तीन दलको बैठक एकीकृत माओवादीले बीचमै छाडेको थियो।
आइतबार बैठक छाडेर हिँडेका दाहाललाई प्रधानमन्त्री कोइरालाले निवासमै बोलाएर पछिल्लो राजनीतिक गतिविधिबारे छलफल गरेका हुन्। प्रधानमन्त्रीले एमालेसँग थप छलफल गरेर एउटा निर्णयमा पुग्ने आश्वासन दिएको खड्काले बताए। उनका अनुसार सरकारप्रमुखको नाताले कोइरालाले अध्यक्ष दाहाललाई भेटेका हुन्। नागरिकबाट


  •  
  •  
  •