सरकारद्वारा पिटिए अनुमोदन, हल्काराको तलब १० प्रतिशत बढ्यो

126
  •  
  •  
  •  

काठमाडौं ३ असोज ।
रकारले भारतसँग भएको ऊर्जा व्यापार सम्झौता (पिटिए)लाई अनुमोदन गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दुई साताअघि सचिवस्तरमा भएको पिटिए अनुमोदन गरेको हो।
बुधबार लगानी बोर्डले पठाएको माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण गर्न भारतीय कम्पनी जिएमआरसँग हुने आयोजना विकास सम्झौता (पिडिए) बारे भने थप अध्ययन र वार्ता गरेर अघि बढ्ने निर्णय भएको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नागरिकन्युजलाई बताए।
सरकारले हुलाकमा काम गर्ने हल्काराहरूको तलब साउन १ गतेदेखि लागू हुने गरी वृद्धि गर्ने निर्णयसमेत गरेको छ। नागरिकबाट


  •  
  •  
  •