अरुण तेस्रो पिडिए वार्ता मङ्गलबारदेखि

130
  •  
  •  
  •  

काठमाडौं १८ कात्तिक(ओएनएस) :  लगानी बोर्ड र अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रर्द्धधक सतलज विद्युत् निगमसँग परियोजना विकास सम्झौता(पिडिए)को वार्ता
मङ्गलबार बिहानदेखि बोर्डको कार्यालय बानेश्वरमा  शुरु भएको छ ।
कुल ९ सय मेगावाट क्षमताको सो आयोजनाबाट नेपालले २१।९० प्रतिशत बिजुली निःशुल्क रुपमा पाउनेछ । सेयरका बारेमा कुनै भने सतलजसँग सहमति भएको छैन ।

लगानी बोर्डका कार्यकारी अधिकृत राधेश पन्तको नेतृत्वमा शुरु भएको वार्तामा ऊर्जा र अर्थ मन्त्रालयका प्रतिनिधि र प्रवद्र्धकका तर्फबाट सतलज विद्युत् निगमका उच्च अधिकारी संलग्न छन् ।

स्थानीयवासीले उक्त आयोजनामा सेयर सहभागिता, पूर्वाधार तथा विकास निर्माण, ग्रामीण विद्युतीकरणलगायत सरोकार राखेकोमो उक्त सरोकारलाई समेत केन्द्रविन्दुमा राखेर वार्ता गर्ने तयारी बोर्डले गरेको छ ।

कूल रू१ सय ५० अर्ब लागतमा बन्न लागेको सो आयोजना सार्क सम्मेलनको क्रममा पिडीए गर्ने तयारी गरिएको बताइएको छ ।

 


  •  
  •  
  •