माथिल्लो कर्णालीको पिडिए टुंगो लाग्यो

566
  •  
  •  
  •  

काठमाडौं २ असोज । लामो समयदेखि छलफल र विवादमा सीमित माथिल्लो कर्णालीको आयोजना विकास सम्झौता (पिडिए) अन्ततः बुधबार टुंगो लागेको छ। आगामी मन्त्रिपरिषद्मा परिमार्जनसहितको मस्यौदा पेस गर्नेगरी बुधबार लगानी बोर्डको बैठकले पिडिए टुंगो लगाएको हो।
भारतीय कम्पनी जिएमआर र लगानी बोर्डबीच हुने सम्झौताका विषयमा सत्तासाझेदार नेकपा एमालेले फरक मत राख्दै आएको छ। एमाले उपाध्यक्ष भीम रावलले बुधबार पत्रकार सम्मेलन गरी विवादित बुँदा नसच्याइएसम्म पिडिए गर्न नहुने बताएका थिए।
बोर्डको बैठकले तल्लो तटिय क्षेत्रमा बन्ने सिँचाइ आयोजनामा असर पर्न नहुने, ‘रिरेगुलेटिङ ड्याम’ बनाउनुपर्ने र यसको लागत जिएमआरले नै बेहार्नुपर्ने र २५ वर्षपछि प्रशारण लाइन सरकारलाई हस्तान्तरण गर्ने लगायतका बुँदा संशोधन गरी मन्त्रिपरिषद्मा पठाउन लागेको हो। नागरिकबाट


  •  
  •  
  •