इडिसिडीमार्फत संक्रमितलाई पीसीआर रिपोर्टबारे जानकारी गराउन सुझाव

98
  •  
  •  
  •  

काठमाडौं । शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)मार्फत संक्रमितलाई पीसीआर रिपोर्टबारे जानकारी गराउन सुझाव दिएको छ ।

जीवनराम श्रेष्ठको संयोजकत्वमा रहेको उपसमितिले बिहीबार मूल समितिलाई प्रारम्भिक प्रतिवेदन बुझाउँदै १७ वटा सुझाब दिएको हो।
समितिले बन्दाबन्दीको सन्दर्भमा एसएमएसलगायतका अन्य कोभिडका जोखिम न्यूनीकरण मापदण्ड कडाइका साथ लागू गरी ‘लिभ विथ कोरोना’को अवधारणा योजना बनाई लागू गर्न समेत सुझाव दिएको छ ।

आयुर्वेदिक र वैकल्पिक चिकित्सालाई कोभिडसम्बन्धी अनुसन्धानमा अगाडि बढाउनुपर्ने पनि उपसमितिको सुझाब छ।

संक्रमित भएका बिरामीको हकमा होम आइसोलेसनमा बसेकालाई समेत स्वास्थ्यकर्मीले नियमित निगरानी गर्नुपर्ने उपसमितिको सुझाब दिएको छ ।


  •  
  •  
  •