आफै अजिंगरको आहारा बन्न गए यी व्यक्ति…(भिडियोसहित)

396
  •  
  •  
  •  

paul-eaten-alive-by-anacondaकाठमाडौ, २२ कात्तिक(एजेन्सी) : हामीलाई सर्प भन्ने सुन्दा नै डर लाग्छ तर एक व्यक्ति यस्ता भेटिए जो अंजिंगरको आहारा भन्न आफै अजिंगर नजिक पुगे । सुन्दा आङजिरिङ हुने यस्तो काम गर्ने व्यक्ति हुन् पल रोसोली ।

paul-eaten-alive-by-anaconda1पल एक चलचित्र निर्देशक हुन् । उनले धेरै पहिलेदेखी नै आफूलाई सर्पले जिउँदै निलोस् भन्ने चाहना राख्थे । यसका लागि उनले एक अनौठो स्नेक सुट लगाएका थिए, जसलाई उनले आफैले निर्माण गरेका थिए । उनी उक्त स्नेक सुट लगाएर स्वइच्छाले अजिङगरको नजिक पुगे ।

paul-eaten-alive-by-anaconda2यो दृश्य ७ डिसेम्बरका दिन डिस्कभरी च्यानलको एक खास कार्यक्रममा देखाइएको थियो । अहिले उक्त दृश्यको ट्रेलर मात्र सार्वजनिक गरिएको छ, जसलाई देख्दा नै आंग सिरिङ हुन्छ । यस घटनालाई लिएर जनावरप्रेमीहरूले यसको आलोचना गरेका छन् । उनीहरुले पलले गरेको यो कामलाई जनावारसँग गरेको दुर्व्यवहार भएको बताएका छन् ।

paul-eaten-alive-by-anaconda3यता २६ वर्षिय पलले ट्विट गरेर भनेका छन्, ‘यदी तपाई मलाई चिन्नु हुन्छ भने मैले आजसम्म कुनै पनि जीवजन्तुलाई नोक्सान पुर्याएको छैन् । यसलाई जान्न र बुझ्नका लागि तपाईले यो कार्यक्रम हे्र्नुपर्ने हुन्छ ।’ पलको यस्तो प्रतिक्रिया पछि पनि मानिसहरुले डिस्कभरीलाई यस कार्यक्रमलाई रद्ध गर्न आग्रह गरिरहेका छन् । change.org नामक वेबसाइटमार्फत कार्यक्रम रद्ध गर्नका लागि हस्ताक्षर अभियान नै सञ्चालन गरिएको छ ।

 


  •  
  •  
  •  

Comments are closed.