पौडी खेल्नेक्रममा तीन जनाको मृत्यु

145
  •  
  •  
  •  

रुपन्देही । कपिलवस्तुको शिवराज नगरपालिकामा पौडी खेल्नेक्रममा तीन जनाको ज्यान गएको छ ।
मंगलबार दिउँसो पौडी खेल्नेक्रममा हल्लानगरस्थित सुरई नदीको रहमा डुबेर तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।


मृत्यु हुनेमा विजयनगर गाउँपालिका अन्दाजी १६/१७ वर्षका आशिष भट्टराई, सोही ठाउँका १८ वर्षीय सुमित सुनार र सोही ठाउँकै १७ वर्षीय निरन्जन भुसाल रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
उनीहरु पौडी खेल्नका लागि रहमा गएका थिए । दिउँसो तीन बजे घटना घटेको थाहा पाएपछि उद्दारका लागि वडा प्रहरी कार्यालय कपिलवस्तुको टोली घटनास्थल पुगेको थियो ।
पौडी खेल्नका लागि चार जना गएपनि एक जना सकुशल रहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •