विश्व पौडी च्याम्पियनसीप सर्‍याे

74
  •  
  •  
  •  

एजेन्सी । कोरोना भाइरस(कोभिड–१९) का कारण टोकियो ओलम्पिक एक बर्षका लागि सरेसँगै विश्व पौडी च्याम्पियनसिप पनि सरेको छ । विश्व पौडी च्याम्पियनसिप २०२२ मा सरेको हो ।

प्रतियोगिता निर्धारीत मिती अनुसार २०२१ मा हुने भनिएको थियो । तर अब २०२२ को जुलाई १६ बाट अगष्ट एक तारिखसम्म हुनेछ । पौडी च्याम्पियनसीपको समयमा टोकिको ओलम्पिक पर्ने भएकाले प्रतियोगिता सारेको विश्व पौडी महासंघले जनाएको छ ।

जापानको फुकुओमा हुने च्याम्पियनसीपमा विश्वभरका पौडीवाजको सहभागिता रहनेगर्छ । जसमा नेपालबाट पनि सहभागिता गराइनेछ ।

टोकियो ओलम्पिक सरेका कारण यसअघि वल्र्ड एथ्लेटिक च्याम्पियनसीप पनि एक बर्षका लागि सरेको थियो । सो च्याम्पियनसीप पनि २०२२ मा नै हुने तय भएको छ ।


  •  
  •  
  •