केही दलका कृत्रिम कुराले संविधान निर्माणका बाधा : पौडेल

141
  •  
  •  
  •  

मकाउ, २ कात्तिक (ओएनएस) : कांग्रेस उपसभापति रामचन्द्र पौडेलले केही दलका नेताहरु कृत्रिम र अवास्तबिक कुराहरु गरेर संबिधान निर्माण प्रक्रियालाई अलमलमा पारिरहेको बताएका छन् । नेपाली कांग्रेस मकाउ जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उपसभापति पौडेलले संघीय लोकतान्त्रिक संबिधान निर्माण गर्नको लागि सबै यथार्थ र बास्तबिक धरातलमा आउनै पर्ने बताए ।

उनले आजको युग र जनताको माग भनेकै लोकतान्त्रीक संविधान भएको र त्यो भन्दै त्यो भन्दा ठुलो माग अरु केहि नहुने बताए । उनले लोकतान्त्रीक संविधान बाहेक अरु अनुचित दबाब र डर धम्कि तथा घुर्किको कुनै अर्थ नभएको पनि स्पष्ट पारे । उपसभापति पौडेलले माघ ८ मा संविधान दिनका लागि सवैले धम्की र घुर्कीको भाषा छोड्नुपर्ने बताए ।


  •  
  •  
  •