‘सभापतिमा लड्न खुट्टा कमाउँदिन’

203
  •  
  •  
  •  

तनहुँ, १३ माघ(ओएनएस) : नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी दिनका लागि यसपटक कुनै पनि हालतमा खुट्टा नकमाउने स्पष्ट पारेका छन् ।

रिपोटर्स क्लब नेपाल तनहुँ शाखाले बुधबार दमौलीमा आयोजना गरेको साक्षात्कारमा पौडेलले कुनै पनि हालतमा पार्टी सभापति भएरै छाड्ने दावी गरेका छन् । उनले माघ २५ पछि सभापतिमा विधिवत उम्मेदवारी दिने पनि बताए ।

कांग्रेस उपसभापति पौडेलले देशभरका कार्यकर्ताले आफूलाई सभापतिमा उम्मेदवारी दिन आग्रह गरिरहेको भन्दै कार्यकर्ताको भावनाको कदर गर्नु आफ्नो कर्तव्य भएको उल्लेख गरेका छन् । उनले आफूलाई अटल विश्वासी र दृढ संकल्प भएको व्यक्ति भएको भन्दै आफूलाई कसैले पराजित गर्न नसक्ने बताएका छन् ।

उनले कांग्रेसकै नेतृत्वमा नयाँ संविधान बनेकाले यसको कार्यान्वयन प्रक्रियालाई पनि पार्टीले नै अघि बढाउने बताए । मधेसी मोर्चाहरु असन्तुष्ट हुँदाहुँदै संविधान संशोधन गरियो नि के यसले निकास ल्याउला त भन्ने सञ्चारकर्मीको जिज्ञासामा मधेसीका अधिकांश माग समेटिएकाले अब उनीहरुले आन्दोलन फिर्ता लिनुपर्ने बताए ।


  •  
  •  
  •