अर्थमन्त्री पौडेल र रुसी राजदूतबीच भेट

44
  •  
  •  
  •  

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि रुसी महासंघका राजदूत अलेक्सी ए नाविकिको बीच शिष्टाचार भेटघाट भएको छ ।

अर्थ मन्त्रालयमा भएको उक्त भेटमा माननीय अर्थमन्त्रीले नेपाल र रुस बीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै रुस सरकारले नेपालको विकासमा गर्दै आएको सहयोगको लागि धन्यवाद दिए । अर्थमन्त्री र महामहिम राजदूत बीच द्विपक्षीय सम्वन्ध, पर्यटन प्रवद्र्धन, लगानी तथा कोभिड – १९ महामारीको नियन्त्रण लगायतका विषयमा छलफल भएको थियो । राजदूतले अर्थमन्त्रीलाई अर्थमन्त्री हुनु भएकोमा बधाई दिँदै  सफल कार्यकालको शुभकामना दिए ।
उनले कोभिड – १९ नियन्त्रणका लागि संयुक्त प्रयास गर्ने समेत बताए ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here