पौडेल पक्षले सभापति देउवालाई बुझायो लिखित असहमतिपत्र

269
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवालाई लिखित असहमति बुझाएको छ।

नेता पौडेल, महामन्त्री शशांक कोइराला लगायत नेताहरुले बिहीबार केन्द्रीय मूख्यालय सानेपामा भेटेरै देउवालाई लिखित असहमतिपत्र बुझाएका हुन् ।

असहमतिपत्रमा महाधिवेशन प्रभावित हुनेगरी भइरहेको विभागीय सदस्यहरुको मनोनयन रोक्नुपर्ने माग गरिएको छ। एकीकरण प्रक्रियाबाट आएकाहरुलाई दिइने पदबारे पार्टीभित्र छलफल हुनुपर्ने पनि माग गरिएको छ।

सभापति देउवाले आफ्नो ध्यानाकर्षण भएको र छलफलबाटै निर्णय लिने बताएका थिए। सभापति देउवालाई बुझाइएको असन्तुष्टिपत्र पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी असन्तुष्ट पक्षले गरेको छ।


  •  
  •  
  •