महँगो पर्यो पौडेललाई सिटौलासँगको दुश्मनी

264
  •  
  •  
  •  

काठमाडौं २५ फागुन ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेललाई महामन्त्री कृष्णप्रसाद सिटौलासँगको दुश्मनी महँगो सावित भएको छ । सिटौलासँगको दुश्मनीकै कारण दुई दशकसम्म एकछत्र नेतृत्व गरेको कोइराला परिवारको समर्थनसहित सस्थापन पक्षको आधिकारिक उम्मेदवार बनेका पौडेल वरिष्ठ नेता शेरबहादुर देउवासँग सभापतिमा पराजित भएका छन् ।

कांग्रेस नेताहरु तत्कालीन सभापति सुशील कोइरालाका सहयोगी रहे पनि एकअर्कालाई इग्नोर गर्ने शैलीका कारण सिटौलाले पौडेललाइ स्वीकार गर्न नसकेका हुन् । सोही कारण उनी पौडेललाई पार्टी नेतृत्वमा पुग्न नदिन योजनाबद्ध रुपमा अघि बढेका थिए । संविधानसभाको संवैधानिक समिति सभापति बनेका सिटौलालाई अस्वीकार गर्दै पौडेलले समिति नै बहिश्कार गरेपछि दुई नेताबीचको इगो समस्या बाहिर आएको थियो ।

त्यसबेला सिटौलाको नाममा कडा आपत्ति जनाएका थिए । साथै पौडेल समितिको सदस्यबाटै राजिनामा दिए्र अर्को समितिमा गएका थिए । यो घटनाले संस्थापन पक्षका दुइ नेता नदिका दुई किनारा जस्ता भएका थिए तनर सुशील कोइरालाका कारण आमने सामने भएका थिएनन तर पार्टीको तेह्रौ महाधिवेशनमा पौडेललाई त्यसैको बदला लिन सिटौला लागिपरे र पौडेललाई सिटौलाको दुश्मनी महगो पर्यो
राजधानीबाट


  •  
  •  
  •