काठमाडौं । कतारमा पौडी खेल्ने क्रममा एक नेपालीको मृत्यु भएको छ ।
वैदेशिक रोजगारीका क्रममा विगत १३ वर्षदेखि कतारमा कार्यरत धनकुटास्थित सागुरीगढी गाउँपालिका–३ धनकुटाका ललितबहादुर लिम्बुको आइतबार दिउँसो समुद्रको छालमा परी निधन भएको छ ।
लिम्बु कतारमा धनकुटा सेवा समाजको पूर्वअध्यक्ष एवं वर्तमान प्रमुख सल्लाहकारलगायत विभिन्न सामाजिक संस्थामा समेत आवद्ध थिए ।
धनकुटा समाजका महासचिव रवीनमगरले एक शोक वक्तव्य जारी गर्दै निधनले नेपाली समुदायमा क्षति पुगेको बताएका छन् ।