पत्रकार महासंघको सिन्डिकेटविरुद्ध पत्रकारहरु आन्दोलन गर्ने

827
  •  
  •  
  •  

काठमाडौं, ६ वैशाख (ओएनएस):  नेपाल पत्रकार महासंघको आसन्न प्रदेश अधिवेशन विरुद्ध पत्रकारहरु अान्दाेलन गर्ने भएकाे छन्। प्रदेश अधिवेशनमा तीन वटा पत्रकार संगठनको सिन्डिकेट र भागबण्डा गरिएको भन्दै सात वटा पत्रकारजन्य संगठनहरुले सो विरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

सात पत्रकार संगठन संघीय प्रेस फोरम, क्रान्तिकारी पत्रकार संगठन, प्रगतिशील पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ, प्रेस सोसाइटी नेपाल, मधेसी पत्रकार समाज र मिडिया नेपालले संयुक्त रुपमा अान्दाेलन गर्ने भएका छन् ।

उनीहरुले पहिलो पटक प्रदेश संरचनामा गइरहेको महासंघलाई सबै हिसाबले समावेशी बनाउनुपर्ने र महासंघलाई साझा संस्थाको रुपमा विकास गर्नुपर्ने बताएका छन्।

नेकपा एमालेनिकट प्रेस चौतारी, माओवादी केन्द्रनिकट प्रेस सेन्टर र नेपाली कांग्रेसनिकट प्रेस युनियनले सातवटै प्रदेश र एक एशोसियटमा भागबण्डा गरेपछि उनीहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गरी आफुहरुको माग सुनुवाइ नगरिए महासंघमा तालाबन्दी गर्ने चेतावनी समेत दिएका छन् ।


  •  
  •  
  •