महासंघले बुझायो नेकपाका अध्यक्ष दाहाललाई ज्ञापनपत्र

304
  •  
  •  
  •  

काठमाडौं, १५ वैशाख(ओएनएस) : नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पत्रकारको समस्या समाधान गर्न सरकार गम्भिर भएर लाग्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघले आइतबार बुझाएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले नेपालको परिवर्तनका लागि पत्रकार महासंघको भूमिका महत्वपूर्ण रहेको बताए ।

विगत माओवादी युद्धका क्रममा आफूहरुले उठाएका एजेण्डाहरुलाई जनताका बीचमा पु¥याउने काममा सकारात्मक सहयोग गरेकै कारण आफू अहिले शान्ति सम्झौता हुँदै यो अवस्थामा आईपुगेको उनको भनाइ छ ।

‘हामीले उठाएका मुद्दाहरु जनतासम्म पुरा¥उने कुरामा पत्रकार महासंघले सस्थागतरुपमा र समग्र प्रेसले भूमिका खेलेको नभए म यहा हुने थिइन । यस अर्थमा म अहिले जाहा छु पत्रकार र प्रेसकै कारण भएको हुँ,’ अध्यक्षले दाहालले भने ।

‘हामीले संविधानसभा, गणतन्त्र, समानुपातिक समावेशीता, धर्मनिरपेक्षताको मुद्दा उठाउँदा तपाईहरुले साथ दिनुभयो । पत्रकार महासंघले शुरुदेखि हाम्रो एजेण्डा, हामीले उठाएका विषयमा सकारात्मक बनिदियो । पत्रकार महासंघको पदाधिकारीसँगको लगातार हुने गरेको अन्र्तक्रिया र छलफलले पनि हामीलाई राम्रै गरेको थियो ।’

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यता एवम् संविधानको मूल मर्म र भावना अनुरुप राज्यका तीनवटै तहमा सञ्चारसम्बन्धी नीति, कानुन र संरचना निर्माण गर्न ध्यानार्कषण गराउँदै अध्यक्ष प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापनपत्रमा महासंघले सञ्चार क्षेत्रका समस्या समाधानका लागि नेपाल सरकार र विभिन्न राजनीतिक दललाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सीमित विषय सम्बोधन गरिएको र धेरै मुद्दाहरु अझै सम्बोधन नभएको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारहरुलाई समाचार लेखेकै आधारमा विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको अपराध मुद्दा लगाएर थुन्ने र जेल हाल्ने जस्ता कार्यले संविधानले सुनिश्ति गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पेशागत सुरक्षा थप चुनौतीपूर्ण बन्दै छ ।’

महासंघले निर्वाध रुपमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्ने वातावरण निर्माण गर्न, श्रमजीवि पत्रकारको हक, अधिकार कार्यान्वयन गराउन एवम् समग्र सञ्चार क्षेत्रको प्रवद्र्धन र विकाससँगै पुर्नसंरचनाका लागि विभिन्न १६ वटा बुँदामा अध्यक्ष प्रचण्ड र उनको पार्टीको ध्यानार्कषण समेत गराएको छ ।


  •  
  •  
  •