पत्रकार हमालको रिहाइको माग

224
  •  
  •  
  •  

मुस्ताङ । पत्रकार महांसघ मुस्ताङ शाखाले पत्रकार ओम हमालको स–सम्मान रिहाइको माग गरेको छ ।
महासंघले हमालको रिहाइको माग राख्दै बुधबार प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्याललाई ज्ञापनपत्र समेत बुझाएको छ ।

सो अवसरमा शाखाकी सचिव दुर्गा देवि रसाईली, उपाध्यक्ष सम्झना थकाली र महिला उपाध्यक्ष तृष्णा गौचन शेरचन लगायतको उपस्थित रहेको थियो ।

ज्ञापनपत्र हस्तान्तर कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतम, जिल्ला शिक्षा समन्वय समितिका प्रमुख र अनुसन्धान प्रमुखको उपस्थित रहेको थियो ।

विप्लव समूहको कार्यकर्ता भएको आरोपमा प्रहरीले भदौ ६ गते पत्रकार हमाललाई कास्कीको सिसुवाबाट प्रहरीले पक्राउ गरेको थियो ।

सर्वोच्च अदालतको आदेशमा रिहा भएपनि पत्रकार ओम हमाललाई मंगलबार अदालतको गेटबाटै प्रहरीले पुनः पक्राउ गरेको थियो ।

नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य हुन् भने हमाल जनसञ्चार डटकम अनलाइनका सम्पादक समेत हुन् ।


  •  
  •  
  •