पाठशाला थियटरमा ‘थियटर फेष्टिभल’ हुँदै

73
  •  
  •  
  •  

काठमाडौं, २० भदौ (ओएनएस) : पाठशाला थियटरको आयोजनामा राजधानीको बत्तिसपुतली स्थित शिल्पी थियटरमा भाद्र २६ गतेबाट थियटर फेष्टिभल आयोजना हुने भएको छ । असोज तीन गतेसम्म चल्ले फेष्टिभलमा राजधानीका ८ कलेजको सहभागिता रहने जनाइएको छ ।

बिभिन्न बिषयमा कलेजले तयार पारेको नाटकलाई बिहान ११ बजे र बेलुका ५ बजे गरी दुई सोमा देखाइने आयोजकले जनाएको छ । फेष्टिभलको मूख्य आकर्षण लाइभ पेन्टिङ प्रदर्शनी रहने छ । बिभिन्न थिममा व्यक्तिले आफ्नो प्रतिभा देखाउन सक्ने गरी कार्यक्रम तयार पारिदै गरेको पाठशाला थियटरले जनाएको छ ।

थियटर फेष्टिभलमा राजधानीबाट सहभागिता निम्न कलेजले सहभागिता जनाउने भएकाछन् ।

काठमाडौं युनिर्भसिटी कलेज अफ म्यानेजमेन्ट

काठमाडौं कलेज अफ म्यानेजमेन्ट

लिटल एन्जल्स स्कुल अफ म्यानेजमेन्ट

डिएभी कलेज 

आरआर क्याम्पस

त्रिभूवन यूनिभर्सिटी नेपाली बिभाग

रातो बंगला स्कुल

नेपाल कलेज अफ म्यानेजमेन्ट


  •  
  •  
  •