नाट्यशैलीमा सुरुभयो ‘कलेज थियटर फेष्टिभल’ (फोटोफिचर)

144
  •  
  •  
  •  

‘मैले लेखेको फर्केर हेर्दा नाटकमा हरिहर शर्मालाई मुख्य भूमिकामा अभिनय गराएको थियो । उनको छोरीको भूमिकामा शकुन्तला शर्माले अभिनय गरिन् । तर अचम्मको कुरा बाउ—छोरी बनाएर अभिनय गरेका दुबैजना प्रेममा परेछन् र विवाह गरे । हरिहर शर्मासँगको त्यो पुरानो सम्झना म कहिल्यै बिर्सिन्न । उनलाई नाटकमा लाग्न मैले महत्वपूर्ण भूमिका निभाए, तर उनकै नाटकबाट धेरै कुरा सिक्न पनि पाए ।’

पाठशाला थियटरले आयोजना गरेको कलेज फेष्टिभल २०१४ मा प्रमुख अतिथिको मन्तव्य दिदै वरिष्ठ संस्कृतीविद सत्यमोहन जोशीले आफ्ना पुराना दिन सम्झिए । निकै रोचक र नाट्य शैलीमा आयोजना भएको कार्यक्रममा प्रस्तुत गरिएका नाटकको अंश हेर्दै जोशीले पश्चिमी शैलीलाई अपनाउदा आफ्नो मौलीक संस्कृतीलाई समावेश गर्दै अगाडि बढ्न सुझाए ।
सारङ्गीको धुनसँगै सुरु भएको थियटर फेष्टिभल ९ दिन सम्म चल्नेछ । कार्यक्रममा वरिष्ठ नाट्यकर्मी हरिहर शर्माले आयोजना गरिएको कार्यक्रमको शैलीलाई रमाईलो भन्दै भने,‘मलाई त डर लाग्यो, साच्चै बोल्न बोलाएको हो की नाटक गर्ने’ भनेर सबैलाई हसाए । सँगैे १९७० मा विनय गोठालाको ‘जीवनबिमा’ नाटकबाट आफ्नो नाटक यात्रा सुरु भएको सम्झिदै,‘जती प्रगती र नयाँ नयाँ प्रयोग गर्ने हो विद्यार्थी जीवनमै गर्नुपर्छ भन्दै पाठशाला थियटरलाई मूरीमूरी शुभकामना दिए ।

भदौं २६ देखी असोज ३ गते सम्म आयोजना गरिएको थियटर फेष्टिभलमा राजधानीको ८ कलेजले सहभागिता जनाएकाछन् । बिभिन्न बिषयमा कलेजले तयार पारेको नाटकलाई बिहान ११ बजे र बेलुका ५ बजे गरी दुई सोमा देखाइने आयोजकले जनाएको छ । फेष्टिभलको मूख्य आकर्षण लाइभ पेन्टिङ प्रदर्शनी रहने छ । बिभिन्न थिममा व्यक्तिले आफ्नो प्रतिभा देखाउन सक्ने गरी कार्यक्रम तयार पारिदै गरेको पाठशाला थियटरले जनाएको छ ।

थियटर फेष्टिभलमा राजधानीबाट सहभागिता निम्न कलेजले सहभागिता जनाउने भएकाछन् ।

काठमाडौं युनिर्भसिटी कलेज अफ म्यानेजमेन्ट

काठमाडौं कलेज अफ म्यानेजमेन्ट

लिटल एन्जल्स स्कुल अफ म्यानेजमेन्ट

डिएभी कलेज 

आरआर क्याम्पस

त्रिभूवन यूनिभर्सिटी नेपाली बिभाग

रातो बंगला स्कुल

नेपाल कलेज अफ म्यानेजमेन्ट3

1

4

5

6

7

8

9

10

11

1213


  •  
  •  
  •