पाथिभराको भेटी सार्वजनिक

355
  •  
  •  
  •  

ताप्लेजुङ, ८ बैशाख(ओएनएस) : नेपालको पूर्वी जिल्ला ताप्लेजुङमा रहेको प्रसिद्ध तिर्थस्थल पाथिभरामा पछिल्लो ६ महिनामा ८ लाख ४१ हजार जम्मा भएको छ ।

गत मंसिरदेखि चैत्र मसान्तसम्म आएका दर्शनार्थीले चढाएको भेटिको रूपमा सो रकम जम्मा भएको हो । त्यस्तै, विदेशी मुद्रा तथा सुनचाँदि समेत त्यतिकै मुल्य बराबर जम्मा भएको पाथिभरा भेटिघाटि व्यवस्थापन समितिले सार्वजनिक गरेको हो ।

भारतीय रुपैया ७ हजार ३ सय २० जम्मा भएको छ । यसपटक सुन र चाँदिका गहना बढि भेटिएको समितिका सदस्य सचिव उदय भट्टराईले बताए । सुनचाँदिका गहना भने कति परिणामको हो त्यसको पहिचान गरि बिक्री गरिने छ । समितिले ६/६ महिनामा भेटिघाटि सार्वजनिक गर्दै आएको छ । त्यो रकमले मन्दिरको स्तरोन्नतीको काम गर्ने गरिन्छ ।


  •  
  •  
  •