पठाओको कार्यालयमा तोडफोड

634
  •  
  •  
  •  

काठमाडौं । राइड सेयरिङ कम्पनी पठाओको कार्यालयमा तोडफोड भएको छ। कम्पनीका राइडरहरूले पठाओको कार्यालयमा तोडफोड गरेका हुन्।

तोडफोड गर्नेमध्ये ४५ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पठाओका राइडरहरूले कम्पनीले बढी सेवा शुल्क लिएको भन्दै विरोध जनाउँदै आएका थिए। कम्पनीले २० प्रतिशत सेवाशुल्क दिँदै आएकोमा राईडरहरूले १५ प्रतिशत मात्र सेवा शुल्क लिन माग गर्दै चरणबद्ध रुपमा विरोधका कार्यक्रम गर्दै आएका थिए।


  •  
  •  
  •