पटेललाई सहिद घोषणा गर्न माग

89
  •  
  •  
  •  

काठमाडौं, २६ असोज (ओएनएस) शनिवार प्रहरीको गोली लागि मृत्यु भएका जयनारायण पटेललाई सहिद घोषणसहित पाँचबुँदे माग राख्दै बाराका स्थानीयको प्रदर्शन सदरमुकाम कलैया सरेको छ। प्रदर्शनकारी कलैया सरेपछि बिहान १२ बजेदेखि सिम्रौनगढको लागेको कर्फ्यु १ बजेदेखि हटेको छ।

विभिन्न राजनीतिक दलका स्थानीय नेताहरुले विद्यार्थी र स्थानीयले राखेको माग पुरा गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएपछि प्रदर्शनकारी कलैया गएका हुन्। बिहानदेखि नेताहरुले शव उठाउन माग गरेपनि विद्यार्थी र स्थानीयले मानेका थिएनन्।

अहिले स्थानीयले शव कलैयाको भरतचोकमा राखेर प्रदर्शन गरिरहेका छन्। उनीहरुले गण्डक नहर जोड्ने बाटो मर्मत, दोषीलाई कारवाही, मृतकलाई सहिद घोषणा, मृतकका परिवारलाई क्षतीपूर्ती र प्रहरीको ज्यादती बन्दजस्ता पाँचबुँदे माग राखेका छन्।शनिबार भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागि जयनारायण पटेलको मृत्यु भएको थियो । स्थानीयले पटेलको शवसहित प्रदर्शन गरेपछि शनिबार पनि ३ बजेदेखि ७ बजेसम्म कर्फ्यू जारी भएको थियो ।  घटनाबारे गृहमन्त्रीले संसदमा जवाफ दिएका छन् । प्रहरीमाथि नै आक्रमण भएपछि गोली चलाएको भन्दै उनले घटनाको छानविन गर्ने बताए ।

यसैबीच राष्ट्रिय मानवअधिकार अयोगले बारा घटनाको अनुन्धान सुरु गरेको छ । घटनको अनुसन्धनकालागि आयोगको एक टोली घटनास्थलतर्फ प्रस्थान गरेको आयोगले जनाएको छ । आइतवार एक विज्ञप्ती जारी  गरी आयोगले उक्त घटनाले ध्यानाकर्षण गरेको भन्दै घटनाको छानविन गर्ने जनाएको छ ।


  •  
  •  
  •