काठमाडौं १९ साउन (ओएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पशुपतिनाथ दर्शन बेला आज सोमबारे दर्शनमा जाने अन्य दर्शनार्थी प्रभावित हुने भएका छन्। बिहानैदेखि दर्शनार्थीको भीड हुने भएकाले साढे ७ बजेसम्म दर्शनार्थी मन्दिर पुग्न सक्नेछन्। त्यसपछि ११ बजेमात्र सर्वासाधारणका लागि पूजा सुचारु हुने सदस्यसचिव टण्डनले जनाए।
‘साढे ७ देखि ८ बजेसम्म दर्शनार्थीलाई बाहिर पठाउन समय लाग्छ,’ उनले भने, ‘मोदीको करिब ४५ मिनेटको विशेष पूजा सकिएपछि यताउता गर्दा यति समय छुट्याइएको हो।