फारवेष्ट पशुपति फुटबल कपः क्वार्टरफाइनल समीकरण पूरा

264
  •  
  •  
  •  

धनगढी, ३ पुस– दाङको स्पोर्टस स्कुल फुटबल एकेडेमी र फूूलबारीको न्यूू बुद्ध युवा क्लब धनगढीमा जारी तेस्रो संस्करणको ग्यालेक्सी पव्लिक स्कुल फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन्।

भारतको हल्द्धानी व्वाईज नआएपछि आयोजक फारवेष्ट पशुपति युवा क्लब ‘ए’ पनि सिधैं सेमिफानल प्रवेशका लागि खेल्न पाउने भएको छ।

धनगढी रंगशालामा भएको पहिलो खेलमा दाङको स्पोर्टस स्कुल फुटबल एकेडेमीले धनगढीको हसनपुर युवा क्लबलाई ८–० को फराकिलो अन्तरले किनारा लगाएको हो।

एकेडेमीलाई जिताउन हस्तराज गिरी र गणेश नेपालीले ह्याट्रिक गरे। गिरीले पहिलो हाफको १७, दोस्रो हाफको ४८ र ६२ मिनेटमा गोल गरे।

गणेश नेपालीले ह्याट्रिक सहित ५ गोल एक्लै गर्दा पहिलो हाफको १९ मिनेटमा पहिलो व्यक्तिगत गोल गरे। त्यसपछि उनले पहिलो हाफको ३० तथा दोस्रो हाफको ५१, ५७ र ६० मिनेटमा थप चार गोल थपे। गणेश नेपाली म्यान अफ द म्याद भए।

धनगढी रंगशालामा भएको दोस्रो खेलमा पनि न्यु बुद्ध युवा क्लबले चौमलाको मंगल युवा क्लवलाई ६–४ को अन्तरले हरायो।

निकै प्रतिस्र्धात्मक खेलमा न्यूू बुद्धका लागि सुन्दर घिसिङले ह्याट्रिक गरे। उनले पहिलो हाफको २० र २६ औं तथा दोस्रो हाफको ४० औं मिनेटमा गोल गरे। न्यूू बुद्धका लागि दोस्रो हाफमा लक्ष्मण शाहीले ५५, सुरज शाहीले ५७ र वाल्टर चौधरीले ६७ औं मिनेटमा एक–एक गोल थपे।

मंगल युवा क्लबले दोस्रो हाफमा नै चार गोले फर्कायो। मंगल युवा क्लबका लागि विनोद चौधरीले ३८ अर्जुन चौधरीले ५८ र योगेन्द्र चन्दले ७७ औं मिनेटमा गोल गरे। एक गोल आत्मघाति भयो। न्यूू बुद्धका सुन्दर घिसिङ म्यान अफ द म्याद भए।
यो खेलसँगै क्वाटर्रफाइनल समीकरण पुरा भएको छ।

मंसीर २८ गतेदेखि सुरु भएको प्रतियोगिता पुस ८ गतेसम्म सञ्चालन हुनेछ।

फारवेष्ट पशुपति युवा क्लवले आयोजना गरेको प्रतियोगिताका विजेताले ३ लाख उप विजेताले डेढ लाख र विभिन्न ५ विधाका उत्कृष्ट खेलाडीले जनही १० हजारका दरले ५० हजार गरी ५ लाख नगद पुरस्कार पाउनेछने।


  •  
  •  
  •