चौलागाईंको निधनमा एमालेले ३ दिन झण्डा झुकाउने, केन्द्रीय कार्यालयमा शोक पुस्तिका

123
  •  
  •  
  •  


काठमाडौं । नेकपा एमालेले प्रदेश सभा सदस्य तथा केन्द्रीय सदस्य पशुपति चौलागाईको निधनमा तीन दिनसम्म आधा झण्डा झुकाउन मातहत कमिटीहरुलाई निर्देशन दिएको छ ।
केन्द्रीय कार्यालय सहित देशभरका पार्टी कार्यालयहरुमा तीन दिन आधा झण्डा झुकाउने र शोक पुस्तिका राखिन लागिएको हो ।
एमाले केन्द्रीय कार्यालयको ढोकामा स्वर्गीय चौलागाईंको फोटोमा माल्यार्पण गरी नेताहरुले अन्तिम श्रद्धान्जली दिएका छन् । कार्यालयमा शोक पुस्तिका राखिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए । पार्टी केन्द्रीय कार्यालयमा ३ दिन शोक पुस्तिका राखिने र श्रद्धाञ्जली दिन चहानेहरुले पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आएर दिन सकिने जनाइएको छ ।

चौलागाईको अन्तिम श्रद्धान्जलीमा वागमती प्रदेश इन्चार्ज एबम् गृहमन्त्री रामवहादुर थापा बादल,सहइन्चार्ज कृष्णगोपाल श्रेष्ठ,शेरवहादुर तामाङ, संचारमन्त्री पार्वत गुरुङ, प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल लगायतका नेता पार्टी कार्यालयमा जम्मा भएका थिए ।

यसअघि मनमोहन अस्पतालमा अमृत बोहोराले पार्टीको झण्डा र सन्चारमन्त्री गुरुङले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए । चौलागाईको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।

नेता चौलागाईँ दोलखा ख बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । पार्टी भित्र र बाहिर भद्र, शालीन र बौद्धिक व्यक्तित्वको रुपमा परिचित चौलागाई दोस्रो संविधानसभामा संविधान सभा सदस्य थिए । युवा संघ नेपालका पूर्व अध्यक्ष चौलागाईं २०५६ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । स्वर्गीय नेता चौलागाईंका श्रीमती, छोरा र दुुई छोरी छन् ।


  •  
  •  
  •