अब भारतको पुणेमा पनि पशुपतिनाथ

131
  •  
  •  
  •  

काठमाडौं २५ चैत ।  एक भारतीय नागरिकले आफ्नो भूमिमा पशुपतिनाथको नक्कली मन्दिर बनाउन गरेको प्रस्तावमा पशुपति क्षेत्र विकास कोष पनि सकरात्मक छ । नयाँ पत्रिका दैनिकमा समाचार छ । कोषका पदाधिकारी चाँडै भारतको महाराष्ट्र जाँदै छन् । महाराष्ट्र पुणृका एक नागरिकले २० हेक्टर जमिन कोषलाई दान दिने र त्यसमै पशुपतिनाथको जस्तै मन्दिर बनाउन प्रस्ताव गरेका छन् ।

जसमा कोषका पदाधिकारी सकरात्मक देखिएका छन् । दान दिने जमिनमा पशुपतिनाथकै जस्तो मन्दिर कोषले बनाइदिनुपर्ने प्रस्ताव भारतीय नागरिकको छ । कोषका सदस्यसचिव डा. गोविन्द टन्डनसहितको चार सदस्यीय टोलीले त्यसको स्थलगत निरीक्षणका लागि पुणे जाने तयारी गरेको छ ।

जमिन भारतमा रहेको, दान नेपालको मन्दिरलाई दिने भनिएकाले भोगचलन नेपालले गर्न मिल्ने या नमिल्लने भन्ने विषय कानुनी पाटो भएकाले बुझ्न बाँकी रहेको कोषका कोषाध्यक्ष तारानाथ सुवेदीले बताए । नयाँपत्रिकाबाट


  •  
  •  
  •