पाँचबुँदे मागसहित पशुपति परिसरमा प्रदर्शन

108
  •  
  •  
  •  

काठमाडौं । पशुपति क्षेत्र संयुक्त संघर्ष समितिले विभिन्‍न पाँचबुँदे मागसहित पशुपति परिसरमा प्रदर्शन गरेको छ ।

पशुपति क्षेत्र विकास कोषद्वारा लागु गर्न लागेको गुरुयोजना खारेजलगायत मागसहित समिति आन्दोलित छ । समितिका संयोजक कृष्णमान श्रेष्ठले माग पूरा नहुने बेलासम्म आन्दोलन नरोकिने बताए ।

समितले पशुपति क्षेत्र विकास कोषद्वारा लागु गर्न लागेको तथाकथित गुरुयोजना खारेज गर्न माग गरेको छ । यस्तै स्थानीयसँग समन्वय, छलफल नगरी एकलौटी ढंगबाट गुरुयोजना बनाउने सदस्य-सचिवलगायत पदाधिकारीहरु राजीनामाको माग, पशुपति क्षेत्र विकास कोष खारेज गरी स्थानीयको नेतृत्वमा नयाँ संरचना निर्माण गर्न समितिले माग गरेको छ ।

पशुपति क्षेत्र विकास कोषलाई भर्तीकेन्द्र बनाउने खेल तत्काल बन्द गर्न र तथाकथित भनिएको गुरुयोजनामा समावेश भएका निर्माण कार्य तथा जथाभावी ठेक्कापट्टा तत्काल बन्द गर्न समितिले माग गरेको छ ।


  •  
  •  
  •