पशुपति क्षेत्र विकास कोषको ध्यानाकर्षण

445
  •  
  •  
  •  

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले सरकारले पशुपतिमा हाल कार्यरत भट्टहरुलाई हटाउन लागेको भनि विभिन्न अनलाईनमा सरकार आएको भन्दै ध्यानाकर्षण जनाएको छ ।

कोषले नेपाल सकारकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोष कसैले पनि यस खालको सोच नरहेको जनाएको छ ।

कोषका सदस्य सचिव डा. प्रदीप ढकालले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपाल भारतबीच सदियौदेखि जनस्तरसम्म धार्मिक, आध्यामिक, सामाजिक र साँस्कृतिक रुपमा रहेको प्रगाढ सम्बन्धलाई धुमिल गर्न कतिपय शक्तिहरु सक्रिय रहिरहेको हुँदा त्यस्ता भ्रामक समाचार पछाडि नलाग्न सम्बन्धित सबैमा विनम्र अनुरोध गर्दछु ।’


  •  
  •  
  •