पशुपति परिसरका १० रुटमा गाडी प्रवेशमा रोक

70
  •  
  •  
  •  

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपति परिसरका विभिन्न १० रुटमा गाडी प्रवेशमा रोक लगाएको छ । शिवरात्रिमा पशुपति परिसरमा लाग्ने मेलालाई मध्यनजर गर्दै गौशालातर्फ जाने १० रुटमा गाडी प्रवेशमा रोक लगाइएको हो ।

महाशाखाका अनुसार शुक्रबार चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्धारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जय बागेश्वरी तर्फको रुटमा गाडी चल्ने छैन ।

यस्तै, लामापोखरी कुटुवहालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ, तिलगंगाबाट गौशालातर्फ, तीनकुनेबाट सिनामंगल तिलगंगातर्फ र जोरपाटी नारायणटारबाट कोरिडोरको बाटो हुँदै आउने मालवाहक गाडी गौरीघाटतर्फ निषेध गरिने महाशाखाले बताएको छ ।


  •  
  •  
  •