पशुपतिक्षेत्रमा श्रीमद्भागवत विराटज्ञान महायज्ञ आयोजना गरिदैँ

459
  •  
  •  
  •  

काठमाडौं, २७ चैत(ओएनएस) : आउँदो वैशाख १ गतेदेखि ११ गतेसम्म काठमाडौंको पशुपतिक्षेत्रमा श्रीमद्भागवत विराटज्ञान महायज्ञ आयोजना गरिने छ ।

चितवनको देवघाटमा ३० फिट अग्लो अष्टधातुद्वारा निर्मित शिवमुर्ति, पुजाकोठा, संग्रहालय, रमणीय उद्यान, स्नानघर, विश्राम घर निर्माण गरि विश्वसम्पदा सूचीमा सुचिकृत गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गर्न लागिएको हो ।
गत वर्ष युएस बंगला विमान दुर्घटनामा पुर्नजीवन प्राप्त गरेका वरिष्ठ पर्यटन व्यवसायी केशव पाण्डेको संयोजकत्वमा देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले महायज्ञको आयोजना आयोजना गर्न लागिएको हो ।

विशाल शिवमुर्तिको निर्माणपश्चात देवघाट तथा चितवन क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल बढ्ने र सो क्षेत्रको पर्यटन गतिविधि बढ्ने अपेक्षा राखिएको छ ।

अष्टधातु पशुपति महायज्ञका सचिव तथा अष्टधुत संकलन अभियान महायज्ञका महासचिव यूवक पराजुलीले महायज्ञमा चाँदी, कास लगायतका अष्टधातु सहयोग गर्न सकिने बताए ।

उनले भने, ‘महायज्ञमा नगद ५ लाख रुपैयाँ दिएर मुख्य संरक्षक बन्न सकिनेछ । यस्तै एक लाख रुपैयाँ सहयोग गर्नेलाई फोटोसहित शिव मूर्तिको प्रतिमा नजिक राखिनेछ ।’

देवघाटधामलाई भारतको हरिद्वार क्षेत्र जत्तिकै पवित्र मानिन्छ । महायज्ञ विश्वविख्यात कथावाचक पण्डित ईश्वर कृष्णजी महाराजको मुखारविन्दबाट हुनेछ ।

महायज्ञले पवित्रभुमि देवघाटधामको पर्यटन विकास तथा देवघाट क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणमा सहयोग पु¥याउने रहेको आयोजकले जनाएको छ ।


  •  
  •  
  •