यशुका अनुयायीलाई कोरोना हुँदैन भन्दै भ्रम फैलाउने पक्राउ

59
  •  
  •  
  •  

काठमाडौं । कोरोना भाइरस(कोभिड–१९) को संक्रमण प्रभू यशुका अनुयायीलाई हुँदैन भन्दै भ्रम फैलाउने इसाइ धर्म गुरु अर्थात पास्टर पोखराबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा–२९ पावर हाउस बस्दै आएका जुम्लाका केशवराज आचार्य रहेका छन् ।
उनले स्थानीय बासिन्दाहरुमा यशुका अनुयायीमा कोरोना भाइरसको संक्रमण नहुने भन्दै भ्रम फैलाएकाले सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रशस्त कटनी मण्डलीका पास्टर आचार्यले चीनमा यशूको अनुकम्पा रहेकाले कोरोनाको संक्रमण कम भएको र इसाइ धर्म मानेर यशुमा विश्वास गरे कोरोनाले नछुने भ्रम फैलाउँदै आएका थिए ।

उनीविरुद्ध मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •