पूर्वप्रेमीसँग भेट हुदाँ….

376
  •  
  •  
  •  

काठमाडौं ५ भदौ ।
मन्चमा अचानक पानी पर्छ । सुन्दर वगैँचा बीचमा घर, सोफा, गमला । यी सबै वस्तुले रंगमन्च वास्तवमै एउटा घरजस्तै महसुस हुन्छ । यत्तिकैमा हेड्डा ग्याब्लर नामक पात्र मन्चमा देखा पर्छिन ।

चन्चल, रोमान्चक र अलि घमण्डी शैलीकी यी महिलाको वरिपरि हेड्डा ग्लाब्लर को कथा घुम्छ ।

बत्तिसपुतलीस्थित शिल्पी गिएटरमा विश्वप्रसिद्ध नाटककार हेनरिक इब्सेनले लेखेको नाटक नेपाली अनुवादमा मन्चन भइरहेको छ । बलबहादुर थापाले अनुवाद गरेको नाटकलाई प्रवीण खतिवडाले निर्देशन गरेका हुन् । प्रवीणले पछिल्लो समय पढ्दै गरेका साहित्यमध्ये इब्सेनको यो नाटकले मन छोएको बताए ।

डेढ सय वर्षअघि लेखिएको यो नाटकमा पनि त्यस्तै सन्दर्भ पाइन्छ । मानवबीच हुने ससाना सम्बन्ध, त्यसले ल्याउने द्धन्द्ध, परिणाम र अवस्था । हेड्डा ग्लाब्लर नाटकका पात्रहरुले अहिले नेपाली समाजको यर्थाथ कथा सुनाइरहेका अनुभूति हुन्छ ।

नाटकी मूल पात्र हेड्डाको अभिनय गरेकी छिन् सरस्वति चौधरीले । पूर्वप्रमि अचानक लामो समयपछि भेट भयो भने त्यसवेला कस्तो अनूभूति हुन्छ ? लाज, डर, आश्चर्य या दोमन । पूर्वप्रेमीलाई छाडेर विवाह गरेकी हेड्डाको भूमिका नकरात्मक लागेपनि यथार्थ बुझ्दा सकरात्मक लाग्छ ।
कान्तिपुरबाट


  •  
  •  
  •