पूर्वराजा ज्ञानेन्द्र शाहको ६८औं जन्मोत्सव आज

431
  •  
  •  
  •  

काठमाडौं २३ असार (ओएनएस) : पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो ६८औं जन्मोत्सव मनाएलगत्तै आमा भेट्न जाने हुनुभएको छ। नारायणहिटी दरबारबाट पूर्वराजा ज्ञानेन्द्र परिवार बाहिरिएपछि महेन्द्र मञ्जिलमै बस्दै आउनुभएकी आमा रत्नलाई भेट गर्न नारायणहिटीमै जान लागेका छन् ।
बेलुकी ७ बजे उहाँको साथमा पत्नी कोमल पनि जाने  छन् । आज निर्मल निवासमै सर्वसाधारणसँग शुभकामना ग्रहण गरेर जन्मदिन मनाउन लाग्नुभएका पूर्वराजाले पत्रकारले सोधेका केही प्रश्नको जवाफ दिने हुनुभएको छ।
जन्मदिनको अवसरमा निर्मल निवासमा पुग्ने सञ्चारकर्मीको केही जिज्ञासा मेट्न पूर्वराजाले केही कुरा बोल्ने हुनुभएको उहाँ निकट कर्मचारीले बताएका छन्। ‘सार्वजनिक रूपमा पत्रकारसँग प्रश्नोत्तर नगरी पत्रकारले सोधेका केही विषयमा बोल्नुहुने भएको छ’ –स्रोतले भन्यो। पूर्वराजाले आज बिहान साढे १० देखि बेलुकी ६ बजेसँग सर्वसाधारणसँग भेट गरी शुभकामना ग्रहण गर्ने कार्यक्रम रहेको छ। उहाँका संवाद सचिव डा। फणीराज पाठकले उहाँलाई शुभकामना दिन आएका सबैलाई भेट दिने कार्यक्रम रहेको बताए ।
सोही दिन मानचित्र मासिकले पूर्वराजाको विषयमा स्मारिका सार्वजनिक गर्ने भएको छ। पूर्वराजाले पहिला शुभजन्मोत्सव मूल समारोह समितिसँग शुभकामना ग्रहण गरेलगत्तै सर्वसाधारणसँग भेट गर्ने कार्यक्रम रहेको छ।


  •  
  •  
  •  

Comments are closed.