बाटोमै हराउँछन् राहदानी

248
  •  
  •  
  •  

काठमाडौं ४ मंसिर
बाग्लुङ, अर्जेवाका जयश्वर आचार्यले राहदानीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन बुझाएको पाँच महिना भयो। तर, राहदानी उनको हातमा अझै परेको छैन। ‘धाउँदाधाउँदै यति दिन बितिसक्यो, अझै कहिले बन्छ टुंगो छैन,’ उनले नागरिकन्युजसँग भने।

जिल्ला प्रशासन कार्यालयबाट राहदानी हात नपर्ने नभएपछि उनी राजधानी आइपुगेका छन् । ‘आइहाल्छ भनेर जिल्लामा लामो समय झुलाए, पछि चिठी लेखेर काठमाडौं पठाए,’ उनले सुनाए ।

प्रशासन कार्यालयका कर्मचारीले भनेअनुसार उनले दुई महिनामै राहदानी पाउनुपर्ने थियो । रोजगारीका लागि विदेश जान तम्सिएका उनले त्यहीअनुसार डेढ लाख रुपैयाँ ऋण लिएका थिए । ‘ऋण लिएकै चार महिना भयो, ब्याज बढिरहेको छ,’ उनले भने, ‘यसबीच कुवेत र मलेसियाबाट आएको भिसा पनि रद्द गर्नुप¥यो ।’

जिल्ला प्रशासन कार्यालयका अनुसार राहदानी विभाग काठमाडौंबाट राहदानी जिल्ला पठाइए पनि बाटैमा हराउनाले आचार्यले राहदानी हात पार्न नसकेका हुन् । बाटोमै राहदानी हराएको यो पहिलो घटना भने होइन । जिल्लाबाट मेसिनले पढ्न सक्ने राहदानी वितरण हुन थालेयता मात्र विभिन्न जिल्लाका ३० वटा राहदानी बाटैमा हराइसकेका छन् । यसमध्ये सबभन्दा बढी बाग्लुङमा ११ वटा हराएका छन्।

राहदानी विभागका निर्देशक शरदराज आरणका अनुसार झापाका ६, उदयपुर, कपिलवस्तु र पर्साका ३–३, स्याङ्जा, दोलखा, भक्तपुर, महोत्तरीका १–१ वटा राहदानी हराइसकेका छन् ।

राहदानी वितरणका लागि देशभर २७ वटा संयोजन केन्द्र तोकिएका छन् । केन्द्रले नजिकका जिल्लाका फारम विभागमा ल्याउँछन् । तयारी भएका राहदानी त्यहाँ पु¥याउँछन् । राहदानी लैजाने संयोजन केन्द्र र जिल्लाका कर्मचारीले नै गर्छन् । विभागबाट नाम, राहदानी नम्बर, जारी मिति, बार कोडसमेतको तथ्यांकसहित पोका बनाएर पठाउने गरिएको छ । तर, केही राहदानी बाटोबाटै हराउने गरेका छन् ।

राहदानी कहाँ हराउँछ भन्ने अहिलेसम्म पत्ता लागेको छैन । ‘के कारण राहदानी पुग्दैनन् भनेर खोजीनिती गरिरहेका छौं । बीचमै राहदानी हराउनु संवेदनशील विषय हो,’ राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले भने । राहदानी अन्य जिल्लामा मिसिएर पुगेको आशंका गरेर खोजी गरे पनि नभेटिने गरेको राहदानी विभागले जनाएको छ ।

महानिर्देशक थापाले राहदानी हराउन थालेपछि पठाउने पद्धति सुधार गर्न थालिएको जानकारी दिए । ‘बार कोड रिडर राखेर लैजाने व्यक्तिलाई अझै जिम्मेवार बनाउने प्रक्रियामा छौं,’ उनले भने, ‘हराएका राहदानी दुरुपयोग नहोस् भनेर इन्टरपोलमा पनि खबर गर्छौं ।’

जिल्ला संयोजनको कमजोरीका कारण राहदानी हराउने गरेको महानिर्देशक थापाको भनाइ छ । ‘केही जिल्लाबाट राहदानी हराएको गुनासो आएको छ,’ उनले भने, ‘सम्बन्धित जिल्ला तथा संयोजन केन्द्रका व्यक्तिलाई हस्ताक्षर गराई बुझाएका हुन्छौं । संयोजन केन्द्रबाट जिल्लामा नपुगेको कारणबारे बुझ्दैछौं ।’

उनले विभागबाट हस्ताक्षर गरी राहदानी लाने व्यक्ति र संस्था नै उत्तरदायी हुनुपर्ने बताए। गरिकबाट


  •  
  •  
  •  

Comments are closed.