विशिष्ठ कक्ष उपयोग र पास दुरुपयोग रोक्न कार्यविधीमा नै कडाई

174
  •  
  •  
  •  

काठमाडौं, २० असोज : विशिष्ट ब्यक्ति तथा कूटनीतिज्ञहरुको लागि उपलब्ध गराउदै आएको विशेष पास प्रयोग र विशिष्ट कक्ष उपायोगमा सरकारले कडाई गर्न यसको कार्यविधी नै संसोधन गर्ने भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा उपायोग हुने गरेको यस्तो ‘पास’ एउटै कूटनीतिक नियोगले १८ वटा सम्म लिएको पाइएपछि त्यसमा कडाई गर्न लागिएको हो । बढिमा तीन वटा पास लिन सक्ने भनिए पनि चार देखि १८ सम्म लिएको तथ्यसहित नेपाल नागरिक उड्यान प्राधिकरणले एक प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई तीन साता अघि बुझाएको हो ।

नेपाल नागरिक उड्यान प्राधिकरणको प्रतिवेदनलाई आधार मान्दै परराष्ट्र मन्त्रालयको शिष्टाचार महाशाखा र प्राधिकरणले यसको कार्यविधी नै परिवर्तन गरेर त्यस्तो कडाई गर्ने प्रक्रिया अघि बढाएको हो । राजदूत र उनले तोकेको ब्यक्तिलाईमात्र उक्त पास उपललब्ध गराउने गरेकोमा अहिले जसले पनि त्यस्तो पास लिएर विशिष्ट कक्ष प्रयोग गर्ने तथा निशेधित क्षेत्रभित्र सहजै आवत जावत गर्ने भएपछि यसमा कडाईको विकल्प नभएको परराष्ट्र मन्त्रालयको एक अधिकारीले बताए ।

विशिष्ट ब्यक्ती र नियोग तथा दूतवासको सहयोगको लागि भनेर सम्मान स्वरुप उपलब्ध गराउने उक्त पासको दुरुपयोग भएको भनिए पनि यसको दुरुपयोग नखुलाईकन सरकारले सिधै सुविधानमा कटौति गर्दै सम्वन्धीत ब्यक्तिलाई मात्र त्यस्तो पास उपलब्ध गराउने तयारी अघि बढाएको हो । विशिष्ठ कक्षको उपयोगिता पनि सीमित ब्यक्तिको लागि मात्र हुनेगरि भन्दै यसमा कडाई गरेर स्वत दुरुपयोग नियन्त्रण गर्न लागेकेा परराष्ट्र उच्चअधिकारीले बताए । खासगरि सामान छुटाउने, शंकास्पद ब्यक्तिको आवत जावतमा स्वागत गर्न पास लिएका ब्यक्ति स्वयं वा उनको नामको पासमा अरु कोही जाने गरेको आधारमा नै यसको सुधार गर्न लागिएको परराष्ट्र अधिकारीले बताए ।

कूटनीतिक नियोगहरुले चार देखि १८ सम्म यस्ता पास लिएको खुलेपछि परराष्ट्र मन्त्रालयले यसमा कडाई गर्ने भन्दै प्राधिकरणसंग छलफल गरेर त्यस्तेा प्रतिवेदन माग गरेको हो । नेपालमा रहेको विदेशीहरुले बढि नै सुविधा उपभोग मात्र होइन राजनीतिक प्रभाव समेत देखाउदै आएका छन् । त्यसैले यो प्रयोग गराउन त्यती सहज भने नभएको एक अधिकारीले बताए ।

शिष्टाचार महापालको कार्यालयमा आइपुगेको त्यस्तो पासको सूचि हेर्दा सबै भन्दा बढि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन -सार्क) सचिवालयले उपयोग गरेको पाइएको छ । सार्क सचिवालयको नाममा १८ वटा पास जारी भएको छ भने कार्यकाल पुरागरि स्वदेश फर्कीसकेका पूर्व महासचिव अह्मद सलिमको पास अझै नबुझाइएको मन्त्रालयमा रहेको प्रतिवेदनमा उल्लेख छ । यसअघि परराष्ट्रको कन्सुलर सेवामा नै कार्यरत धनबहादुर ओली सार्कमा नेपालको तर्फबाट निर्देशक छन् । सार्कका सबै निर्देशकहरु र उनका सहयोगीसंग पनि यस्तो पास रहेको छ ।

‘विशिष्ट कक्ष उपयोग र निशेधित क्षेत्रमा प्रवेशको बारेमा शिष्टाचारमहापालको कार्यालयले काम गरिरहेको छ । यसमा सुधार गरेर अघि बढ्ने भनिएको छ । अन्य मुलुकको प्रचलन र भियना कन्भेन्सन हेरेर नै अघि बढ्ने हो । अहिलेको प्रयोग अलि बढि नै भएको पाइएको छ,’ परराष्ट्र मन्त्रालयका सहप्रवक्ता भरत रेग्मीले कान्तिपुरलाई भने ।

पासको विषयमा मन्त्रालय, प्राधिकरण र दूतवाासबीच पटक पटक विवाद समेत हुने गरेको छ । हाल अमेरिकी र चिनियाँ दूतावाससंग पाँच बटा स्थायी पास छ । त्यस्तै भारत, पाकिस्तान, बेलायत, नर्वेजियन, युरोपेली युनियनको दूतावास र राष्ट्रसंघिय नियोगको कार्यालयसंग च्ाार चार पास भएको प्रतिवेदनमा उल्लेख छ । अन्य सबै दूतावासहरुसंग तीन वटामात्र यस्ता पास रहेका छन् भने सामान्य भन्दा सामान्य ब्यक्ति आउदा पनि विशिष्ट कक्ष माग गर्ने चलन छ ।

नेपाल नागरिक उड्यान प्राधिकरण अन्तरगतको त्रिभुवन अन्तराष्ट्रिय विमान स्थाल नागरिक उड्यान कार्यालयले विमान स्थलको निशेधित क्षेत्र प्रवेश अनुमति पत्र -पास) ब्यवस्थापन कार्यविधी २०६४ अनुरुप कुनै पनि दुतावासले बढिमा तीन स्थायी पास पाउछन् । दातृ निकाय तथा नियोगको हकमा बढिमा दुई जनाले पाउने स्पष्ट उल्लेख छ । पुरानै कार्यबिधी अनुसार पनि दूतावास वा नियोगको प्रमुख (राजदूत) र राजदूतले तोकेको प्रथम सचिवले मात्र उक्त पास पाउनेछन् । अनि अति आवश्यक भनि पठाएको खण्डमा एक जना कन्सुलर अधिकारीलाई पास उपलब्ध गराउने स्पष्ट लेखिएको छ । तर, दिने पनि दिइरहेको छ लिनेले पनि लिइरहेको छ यसमा भद्रगोल भएपछि कार्यविधीमा नै सुधार गरेर अघि बढ्न लागेको हो कार्यविधी सुधारका लागि काम गरिरहेका एक अधिकारीले स्पष्ट पारे ।

राजदूतको साथी वा कुनै पारिवारीक इष्टमित्र आँउदा पनि विशिष्ठ कक्ष खुलाउन माग भएको छ, दूतावासका अन्य कर्मचारीलाई पनि त्यो कक्षको माग भएकोमा यसको बारेमा स्पष्ट विधी पुन नय गर्न लागिएको ति अधिकारीले बताए । नेपालमा अहिले २५ मुलुकको दूतावास रहेको छ भने युरोपेली युनियन, राष्ट्रसंघीय नियोग र सार्क सचिवालय रहेकेा छ । एक दर्जन भन्दा बढि कूटनीतिक मान्यता पाउने सहयोग नियोग पनि रहेका छन। यस्ता नियोग र दुतावासको प्रमुखले मात्र विशिष्ट कक्षको उपयोग गर्न पाउछन । त्यस्तै नेपालमा रहेको अवैतानिक दुतहरुले पनि विशिष्ट कक्षको प्रयोग गर्न पाउने ब्यवस्था रहेको र उनीहरु सबै ब्यपारी भएकाले यसमा समेत सोच्न आवश्यक भएको उल्लेख छ ।

कान्तिपुर दैनिकबाट

 


  •  
  •  
  •