मोदीको दर्शनका लागि पशुपतिमा तयारी

224
  •  
  •  
  •  

काठमाडौं, ७ साउन (ओएनएस) :पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रलाई प्लास्टिक मुक्त बनाउने उद्देश्यले विशेष सरसफाइ अभियान सुरु गर्ने जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेका कारण पुशपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा सर सफाई गर्ने भएको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टण्डनका अनुसार भारतीय प्रधानमन्त्री मोदी आउने औपचारिक जानकारी नआए पनि अनौपचारिक खबरका आधारमा सरसफाइ कार्यक्रम गर्न लागिएको हो ।

सरसफाइका क्रममा पशुपति क्षेत्रलाई पूर्णरुपमा प्लास्टिक निषेधित क्षेत्रका रुपमा स्थापित गर्ने उद्देश्यले अभियान सुरु गर्न लागिएको छ । कोषले यसअघि नै पशुपति क्षेत्रलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरेपनि अहिलेसम्म पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन ।

साउनमा भक्तजनको विशेष भिड लाग्ने गरेकाले पनि सरसफाइ र प्लास्टिक निषेधलाई अभियानका रुपमा अगाडि बढाउन लागिएको हो ।


  •  
  •  
  •