बिरोधपछि बन्द भयो पशुपति शर्माको तीज गीत

419
  •  
  •  
  •  

काठमाडौं, ८ साउन (ओएनएस) : लोक गायक पशुपति शर्माले पछिल्लो समय गाएको ‘हामी नेपाली हौं’ बोलको तीज गीत बन्द भएको घोषणा गरेकाछन् । गीत भित्र प्रयोग भएका शब्दले नेपाली समुदायमा आपत्ती सिर्जना गरेपछि उनले आफ्नो गीत रोकेको विज्ञप्ती मार्फत जनाएकाछन् ।

pressrelease

शर्माले बिहीवार विज्ञप्ति जारी गर्दै भनेकाछन्, ‘तीजको गीतको मर्ममा कुनै पनी समुदायप्रती लक्षित गरेर मैले गाएको होइन् । गलत प्रचार गरिएका कारण बाध्य भएर मैले आफ्नो गीत आजकै मितीबाट बन्द गर्दैछु ।’

मेरो गीतले सामाजिक कुरीतीलाई पखाल्न मात्र खोजेको भन्दै उनले विज्ञप्तीमा भनेकाछन्, ‘आजकै मितीवाट कुनै पनि संचारमाध्यमले मेरो गीत प्रशारण नगरिदियोस् ।’

गीतमा प्रयोग भएका यि शब्दको व्यापक आलोचला भएपछि उनले आफ्नो गीत बन्द भएको आफै धोषणा गरेकाहुन् । अन्तजातिय बिवाहको बिषयलाई उठान गर्दै शर्माले तीज गीत निकालेका थिए ।

के को बाहुन के को जनजाति
जातका कुरा गर्नेहरु देशका लागि घाती
जातका कुरा गर्नेको दिमाग कहाँ छ ? 
मेरा छोराले कमिनि ल्यायो
मेरी छोरी नि दमैसित गई, 
मैले पनि गुरुङसेनी ल्याकै हो
हामी नेपाली हौं मलाई त्यत्ति थाहा छ 
हाम्रो घरमा जातका कुरा हुन्न …


  •  
  •  
  •