पशुपति शर्माले क्रिकेट खेल्न थालेपछि (भिडियोसहित)

439
  •  
  •  
  •  

काठमाडौं, १७ वैशाख (ओएनएस) : जीवनका सामयिक घटनाक्रमलाई टपक्कै टिपी सांगीतिक स्वरुपमा ढालेर आम श्रोता र दर्शकको मन जित्न खप्पिस लोक गायक पशुपति शर्माले एउटा क्रिकेट सम्बन्धि बजारमा ल्याएका छन् । 
नेपालको विश्वकप क्रिकेटमा सहभागितासँगै जागेको क्रिकेट क्रेजलाई उनले लोकसंगीतमा समेटेका छन् । गीतमा गायकगायिकाहरुलाई कसैले वास्ता नगरेको, नामदाम नभएको भन्दै क्रिकेट खेल्ने चाहना जागेको भाव प्रस्तुत गरेका छन् । 
‘म अनि अब त क्रिकेट खेल्न जान्छु’ बोलको सो दोहोरी गीतमा अर्का गायक रमेशराज भट्टराईले ‘क्रिकेट रहरले मात्र नखेलिने, त्यसको लागि सीप र मेहेनतको आवश्यकता पर्ने’ सन्देशसहित जवाफ फर्काएका छन् ।
हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’को निर्देशनमा तयार भएको म्युजिक भिडियोमा पशुपति आफैले अभिनय गरेका छन् । 
शर्माकै स्वरमा रहेका ‘मलाई अमेरिका यैं’ र ‘स्रोह दुना आठ’ बोलका गीत चर्चित नै छन् । 

  •  
  •  
  •