पार्टीको वैधानिक अध्यक्ष म हुँ : राणा

241
  •  
  •  
  •  

काठमाडौ, ३० जेठ (ओएनएस) । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले आफू वैधानिक अध्यक्ष गर्दै उनले दुईतिहाइको बहुमतले आफूलाई अध्यक्ष बनाएको बताए ।

रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले कुनै पनि हालतमा पार्टी फुट्न नदिने दावी गर्दै आफूसँग पार्टीलाई फुटबाट बचाउँने धेरै उपाय र विकल्पहरु रहेको दावी गरे । साक्षात्कारमा राणाले पार्टीका असन्तुष्ट पक्षसँग वार्ता गर्न सहमहामन्त्री हेमजंग गुरुङ र केन्द्रीय सदस्य रोसन कार्की रहेको बार्ता टोली समेत गठन गरिसकेको जानकारी दिदै लोकेन्द्र बहादुर चन्दले कहिल्यै पनि पार्टी नफुटाउने विश्वास ब्यक्त गरे ।

उनले भने–म लोकेन्द्रबहादुर चन्दलाई सधै सम्मान गर्ने ब्यक्ति हुँ । उहाँले पार्टी फुटाउनु हुन्न सहमतिमा आउनु हुन्छ । दुई तिहाई बहुमत मेरो पक्षमा रहेकोले उहाँहरुले बोलाएको असार २ गतेको केन्द्रीय समितिको बैठकको औचित्य छैन ।

सरकार सुस्त गतिको हुनुको कारण प्रधानमन्त्रीको खराव स्वास्थ्य अवस्था भएको भन्दै प्रधानमन्त्री उपचार गरेर फर्किएपछि सरकारलाई सक्रिय बनाउन भूमिका खेल्ने प्रतिबद्धता ब्यक्त गरे । उनले भने–संबैधानिक नियूक्तीहरु, राजदुत नियूक्ती र संविधानसभाको रिक्त २६ सदस्य तत्काल मनोनित गर्नु पर्छ । त्यसकोलागि हामि सक्रिय भूमिका खेल्छौ ।

यस पटक मुलुकले संविधान पाउने निश्चित भए पनि आगामि माघ ८ गतेभित्र संविधान नपआउने दावी गर्दै राणाले प्रत्यक्ष राष्ट्रतीय शासन पद्धति र एकल जातीय पहिचान वालाहरु चुनावमा हारेकोले वेष्ट मिनिस्टिरीयल शासकीय स्वरुप र बहुजातीय पहिचानसहितको बढीमा आठ प्रदेश सहितको संघीयतामा दलहरुवीच सहमति बन्ने विश्वास समेत ब्यक्त गरे ।

उनले भारतमा नरेन्द्र मोदी सरकारको नेतृत्वमा आउँदैमा राजसस्था फर्किएर नआउने दावी गर्दै भारतीय जनता पार्टी र भारतको विदेश नीति परिवर्तन नहुने ठोकुवा गरे । यद्यपि उनले भाजपाको हिन्दु राज्यको विषयमा चासो भए पनि उनीहरुले हिन्दु राष्ट्र नै बनाउन भने भारतको विदेश नीतिक विपरित नगर्ने स्पष्ट पारे । उनले भने–यो विषयमा भारतमै सहमति बन्न सक्दैन ।


  •  
  •  
  •