मधेसी मोर्चाको सहमति बिना निर्वाचन असम्भव : जबरा

189
  •  
  •  
  •  

pasupatiकाठमाडौं, २८ पुस (ओएनएस) : राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर जबराले मधेसी मोर्चाको सहमति बिना कुनै पनि निर्वाचन गर्न सम्भव नरहेको बताएका छन् ।

रफत सञ्चार क्लबले बिहीबार भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा राष्ट्रिय अध्यक्ष जबराले संविधान संशोधन गरी मधेसका जायज माग सम्बोधन नगरी निर्वाचन असम्भव रहेको बताए ।

अध्यक्ष जबराले भने, ‘संशोधनमा अंगीकृत नागरिकलाई जसरी उसको देशको नागरिकता त्याग्नासाथ नागरिकता उपलब्ध गराउने प्रावधान राखिएको छ, यो गलत भएकोछ । अन्य देशमा जसरी बर्षौलाग्छ त्यसरी नै लागू गर्नु पर्ने भन्दै यो सारै खुकुलो व्यवस्था भएको छ ।’

स्थानीय निर्वाचन भइहाले पनि प्रान्त र संसदको निर्वाचनका लागि प्रादेशिक कानुनको सीमांकन कसरी निर्धारण गर्ने भनी आयोग वा समिति बनाउनेतर्फ ध्यान जान नसकेको भन्दै उनले सीमांकनको बिषय नसकिएसम्म अरु प्रक्रिया अघि नबढ्ने बताए ।

दोस्रो जनआन्दोलन पश्चात नेपालको राष्ट्रियता इतिहासमै कमजोर भएको भन्दै राष्ट्रियताको सवाललाई लिएर नै राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी एक भएको बताए ।


  •  
  •  
  •