पासाङ ल्हामुको स्मृतिलाई दीर्घकालिन बनाउन सरकार सकारात्मक : प्रधानमन्त्री

349
  •  
  •  
  •  

काठमाडौं, १० वैशाख(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकी प्रथम सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पा साहस र प्रेरणाकी स्रोत भएको बताएका छन् ।


पासाङ ल्हामुुले सगरमाथा आरोहण गरेको २६ वर्ष पुगेको अवसरमा मंगलबार आयोजित पासाङ प्रतिष्ठा दिवसरमा अवसरमा प्रधानमन्त्री ओलीले पासाङको आत्मविस्वास र साहसले सगरमाथाको आरोहण सफल भएको बताए ।
उनले भने, ‘पासाङ सम्पूर्ण नेपालीकी साहस र प्रेरणाकी स्रोत हुन् ।’

प्रधानमन्त्री ओलीले पासाङ ल्हामुको स्मृतिलाई दीर्घकालिन बनाउनका लागि सरकार सकारात्मक रहेको बताए ।
सगरमाथाको उचाइ नेपाल र चीन दुवैतिरबाट नापेर टुंगो लगाउने काम शुरु भएको उनको भनाइ छ ।

‘सगरमाथाको बारेमा भएका भएका भ्रमहरु अन्त्य गर्न यसपाली सरकारको तर्फबाट उचाइ नाप्ने काम हुँदैछ । यो कामलाई विवाद रहित ढंगले टुंगिन्छ’ प्रधानमन्त्री ओलीले भने ।


  •  
  •  
  •