उपराष्ट्रपति पासाङद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग

194
  •  
  •  
  •  

काठमाडौँ, १५ कात्तिक(ओएनएस) : शनिबार भएको उपराष्ट्रपति पदको निर्वाचनबाट निर्वाचित भएका एमाओवादी स्थायी समिति सदस्य नन्दकिशोर पुन (पासाङ)ले पार्टीका सबै जिम्मेवारी परित्याग गरेका छन् ।

उपराष्ट्रपति पासाङले प्रेस विज्ञप्ति निकालेर पार्टीका सबै जिम्मेवारी त्यागेको जानकारी दिएका छन् । उनले आज आइतबार दिउँसो दुई बजे सपथ ग्रहण गर्दैछन् ।

उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘नेपालको उपराष्ट्रपति पदमा निर्वाचित भएको सन्दर्भमा यस पदको गरिमा र संविधान प्रदत्त दायित्व निष्पक्षतापूर्वक सम्पन्न गर्न आफू सम्बद्ध राजनीतिक दल एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सम्पूर्ण जिम्मेवारीबाट आजकै मितिबाट अलग भएको सबैमा जानकारी गराउँदछु ।’

यस्तै उनले विज्ञप्तिमा आफूलाई उपराष्ट्रपतिजस्तो गरिमापुर्ण जिम्मेवारीमा पुर्‍याउन सहयोग गर्ने एमाओवादी पार्टीलगायत अन्य सबै राजनीतिक दल, व्यवस्थापिका संसदका सदस्य, नेपाली जनता र सबैलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।

Vice-President-Pasang-press releas


  •  
  •  
  •