सेनाको दवाव बावजुद पासाङको उपराष्ट्रपतिमा उम्मेदवारी

373
  •  
  •  
  •  

nanda kishor pun register candidacyकाठमाडौँ, १३ कात्तिक(ओएनएस) : सेनाको दवाव बावजुद सत्तारूढ गठबन्धनको तर्फबाट उपराष्ट्रपति पदका लागी एमाओवादीका लागि नन्दकिशोर पुन पासाङले उम्मेदवारी दर्ता गरेका छन् । 

पासाङको प्रस्तावकमा एमाले वरिष्ठ नेता झलनाथ खनाल रहेका छन् भने समर्थकमा राप्रपा नेपालका दीलनाथ गिरी र फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरी रहेका छन् । पासाङको उम्मेदवारी दर्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरू संसद भवन पुगेका थिए ।

सेनासहित विभिन्न पक्षबाट दवाव आएको भन्दै पासाङको नाममा विवाद भएपनि एमाओवादीको अडानपछि सत्तारूढ उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले पासाङलाई नै उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सेना पासाङलाई उपराष्ट्रपति बनाउन नहुने पक्षमा रहेको थियो । युद्धकालमा आफ्ना लडाकुको कमाण्डर भएको र सेना समायोजनका क्रममा सेनामा युद्धकालका माओवादी लडाकुपनि समावेश गरिएकाले सेनामा असर पर्ने भन्दै सेनाले पासाङलाई उपराष्ट्रपति दिन नहुने भन्दै आग्रह गरेको थियो । सेनाले प्रधानमन्त्री, अन्य दलका शीर्ष नेताहरूलगायतसँग यसका लागि लबिङ गर्दै आएको थियो ।


  •  
  •  
  •