उपराष्ट्रपतिमा नन्द बहादुर पुन निर्वाचित

613
  •  
  •  
  •  

voting for vice prez (6)काठमाडौँ, १४ कात्तिक(ओएनएस) : सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका पूर्व लडाकु कमाण्डर नन्दकिशोर पुन पासाङ लोकतान्त्रिक गणतन्त्रको दोस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका छन् ।

आज बिहान ११ बजेदेखी २ बजेसम्म भएको गोप्य मतदानबाट पासाङ उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । संसद् बैठकमा मतपरिणाम सभामुख ओनसरी घर्तीले औपचारिक रुपमा घोषणा गरेकी छिन् ।

उनले विपक्षी दल नेपाली कांग्रेसका अमियकुमार यादवलाई पराजित गर्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । पासाङले ३ सय २५ मत पाएका छन् भने यादवले २ सय १२ मत पाएका छन् ।

आज भएको मतदानमा ५ सय ४७ मत खसेको थियो भने १० मत बदर भएको थियो । सभामुख ओनसरी घर्ति र उपसभामुख गंगाप्रसाद यादव तटस्थ बसे ।

राष्ट्रपति चुनावमा सहभागी सदभावना पार्टीका सांसद् माधवी रानी साह तथा एमालेकी प्रभादेवी बज्राचार्य अनुपस्थित रहे । माधवीलाई सदभावनाले कारबाही सुरु गरेको छ भने बज्राचार्य विदेश गएकी छन् ।


  •  
  •  
  •