सार्कमा आन्तरिक समस्या नदेखाउन कोइराला र प्रचण्ड सहमत

262
  •  
  •  
  •  

sushil-and-puspakamalकाठमाडौं, ६ मंसिर । १८ औं सार्क सिखर सम्मेलनमा देशभित्रको समस्या बाहिरी देशलाई नदेखाउने सहमति खोज्न तीन दल बैठक बस्ने तयारीमा रहेका छन् । यसै विषयमा छलफलका लागि आज बिहान बालुवाटारमा प्रधानमन्त्री सुशील कोइराला र विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

सार्कमा सबै दलहरू एक भएर प्रस्तुत हुने र आन्तरिक समस्याहरू अन्तराष्ट्रिय समुदायमा नदेखाउने विषयमा सहमति भएको र यसका लागी तीन शीर्ष दलबीच छलफल गर्न प्रधानमन्त्रीले बैठक डाक्ने आश्वासन प्रचण्डलाई दिएको बताइएको छ । नेपालगञ्जबाट फर्किएका केपी ओलीलाई तत्काल त्रीपक्षीय बैठकका लागि निम्तो दिने प्रधानमन्त्रीले आश्वासन दिएको बताइएको छ ।

यस्तै, प्रधानमन्त्री कोइराला र अध्यक्ष प्रचण्डबीच सहमतिकै आधारमा संविधान जारी गर्ने विषयमा समेत सहमति भएको छ ।


  •  
  •  
  •