संविधान जारी गर्ने मिति नजिकिदै गर्दा दलहरु आरोप–प्रत्यारोपमा

188
  •  
  •  
  •  

काठमाडौ, ७ पुस (ओएनएस) : तीन दलको सयुक्त बैठकमा विवाद गर्दै आएका प्रमुख दलका नेताहरुबीच सार्वजनिक कार्यक्रममा पनि जुहारी चलेको  छ ।

सहमतिको वाधक को ? भन्ने विषयमा सत्तासिन र विपक्षी दलका नेताहरुबीच आरोप प्रत्यारोप भएको छ । उद्योग बार्णिज्य महासंघले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा सत्तारुढ दल र विपक्षी दलका नेताहरुले एक अर्कालाई आरोप प्रत्यारोप गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सहमतिको विकल्प प्रस्ताव गर्न एमाओवादीलाई चुनौती दिए । उनले कांग्रेस एमालेको साझा प्रस्तावमा सहमत नभए ८ प्रदेश सहितको नयाँ प्रस्ताव पेश गर्न चुनौती दिए ।एमाओवादी आफ्नो एजेण्डामा असहमत रहेको तर नयाँ विकल्प दिन नसकेको बताए ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पनि सडक आन्दोलनको धम्कीबाट संविधान नआउने बताए । उनले विपक्षीले बनाएका सबै मोर्चा भंग गरेर सहमतिकमा आउन आग्रह गरे । बालुवाटार बैठक भाडिनुका एमाओवादी र प्रचण्डले देखाएको व्यबहार भएको रावलको भनाई छ ।

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार एकल जातीय राज्यको पक्षमा नभएको बताए ।

दलहरुबीच कुन मान्यताका आधारमा संघीयतामा जाने मतभेद रहेको भन्दै उनले आत्मनिर्णयको अधिकारको कुरा छाडिसकेकाले आफूहरुले जातीय, भाषिक, सांस्कृतिक समुदायलाई नछुट्याउने गरी प्रदेश बनाउनु पर्ने पक्षमा रहेको बताउनुभयो । सरकार गठन एमाओवादीको एजेण्डा र सरोकार नभएको उहाँले बताउनुभयो ।

यसअघि सर्लाहीमा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले एमाओवादी अध्यक्ष पुष्पकमल दालहा प्रचण्डप्रति ब्यङ्र्दै ‘कमिलाले टोके जस्तै प्रचण्ड बुरुक्क उफ्रेको’ भनि टिप्पणी गरेका थिए । आइतबार प्रचण्डले ओलीबिरुद्ध आक्रोस ब्यक्त गर्दै पहिचान र जातीयताको कुरा सुन्न नचाहने ओली देशको महाराज वा ठेकेदार नभएको बताएका थिए ।

यो पनि पढ्नुहोस् :

ओलीले भने : ‘कमिलाले टोकेपछि प्रचण्ड बुरुक्क उफ्रिए’

प्रचण्डको आक्रोस : ‘ओली महाराज हुन् की देशका ठेकेदार’


  •  
  •  
  •