आइतबार दाबी गरिएको सहमति ‘हात्ती आयो फुस्सा’ !

101
  •  
  •  
  •  

काठमाडौं, ५ माघ (ओएनएस) : संविधानको विवादित विषयमा सहमति नजिक पुगेको भनिएको प्रमुख तीन राजनीतिक दल र मधेसी मोर्चाका शीर्ष नेताबीचको बैठक फेरि पनि निश्कर्षबिहिन भएको छ ।

यसअघि आइतबार दलहरु सबैभन्दा बढि विवादित रहेको संघीयतामा ६ प्रदेश बनाउन सहमति नजिक पुगेको बताईएको थियो । तर, बैठक चलिरहँदा बाहिरिएका नेताहरूले छलफलमा सहमति हुने कुनै संकेत नदेखिएको पत्रकारहरुलाई जानकारी दिएका छन् ।

संविधानसभा भवन नयाँ बानेश्वरमा जारी बैठक ५ बजेसम्मका लागि स्थगित भएको छ । बैठक चलिरहँदा बाहिरिएका एमाओवादी नेता कृष्णबहादुर महराका अनुसार बैठकमा सहमतिको संभावना कमाजोर छ । उनले सोमबार नै सहमति हुने संभावना कम रहेको पनि बताए ।

यस्तै बैठकबाट बाहिरिएकी एमाले नेतृ विद्या भण्डारीले पनि आइतबार भनिएको जस्तो नेताहरुबीच सहमति नभएको बताईन् । उनले भनिन् ‘ हिजो सहमति भएको भनेर राम्रोसँग सुतेकी थिए, तर म आफै भ्रममा रहेछु । ’

दलहरुबीच सहमति नभएपछि कार्यव्यवस्था पराशर्म समितिको बैठक पनि सरेको छ । जसले गर्दा दिउसो १ बजेको लागि बोलाइएको संविधानसभाको बैठक साँझ ५ बजेसम्मको लागि स्थागित गरिएको छ । बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्राईले समितिको प्रतिवदेनमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम थियो ।

विवादित रहेका पाँच जिल्लाको विषयमा आइतबार प्रचण्डले सकारात्कम कुरा गरे नि सोमबारको बैठकमा त्यस विषयमा कुनै चासो नदिइएको बताइको छ । साथै मधेशी दलहरुले संघीयता र शासकीय स्वरुपमा कांग्रेस एमालेको प्रस्ताव मान्नको लागि निर्वाचन प्रणालीमा आफ्नो अडान कायमै राखेका छन् । जसले दलहरुबीचको विवाद मिल्न सकेको छैन ।

नयाँ संविधानका मुख्य विषयमा उत्पन्न विवालाई अन्त्य गर्न वार्ता र छलफलका आधारमा सहमतिमा रुपान्तरण गर्ने प्रयासमा शीर्षनेता क्रियाशील भए पनि अहिलेसम्म सहमति हुन सकेको छैन । दलबीच सङ्घीयता, शासकीयस्वरुप तथा निर्वाचन र न्यायप्रणालीमा गम्भीर कुरा मिल्न नसक्दा संविधान लेखन प्रक्रिया अड्किएको छ ।

काँग्रेस एमालले लगायतका सत्तापक्ष लामो समयदेखि जति नै प्रयास गरे पनि सहमति हुन नसकेको भन्दै अब प्रक्रियाद्वारा विवादको छिनोफानो गर्नुपर्छ भन्नेमा छन् भने प्रतिपक्षसहमतिको विकल्प नरहेको तर्क गर्दै आएको छ ।


  •  
  •  
  •